कैलालीमा निर्वाचन प्रहरी दरखास्तका लागि भीड

धनगढी- जिल्ला प्रहरी कार्यालय कैलालीमा निर्वाचन प्रहरीका लागि दरखास्त दिनेहरूको भीड लागेको छ। जिल्लामा शुक्रबारदेखि निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु भएसँगै दरखास्त दिन आउनेको संख्या बढ्दै गएको हो।

शनिबार पनि बिहानैदेखि जिल्ला प्रहरी कार्यालयमा दरखास्त दिन चाहनेहरूको उल्लेख्य भीड देखिएको थियो। समय छोटो भएका कारण शनिबार पनि दरखास्त संकलन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Navadurga sun

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली जिल्लामा ४ हजार ९८ जना निर्वाचन प्रहरी भर्ना गरिने जनाइएको छ। निर्वाचन प्रहरीका लागि दरखास्त दिनेहरूको सहभागिता उत्साहजनक रहेको प्रहरीले जनाएको छ।

कैलाली मात्र नभई अन्य जिल्लाहरूमा पनि निर्वाचन प्रहरीका लागि आवेदन दिनेहरूको भीड उस्तै देखिएको छ। यसपटक सरकारले निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्वाचन प्रहरी भर्ना गर्ने जिम्मा दिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...