सीमा आवागमन सहज बनाउन सुदूरपश्चिम सरकार सक्रिय

त्रिनगर र गड्डाचौकी भन्सार नाकाको स्थलगत निरीक्षण

धनगढी- सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाको नेतृत्वमा रहेको टोलीले बुधबार कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी भन्सार नाकाको स्थलगत निरीक्षण गरेको छ।

सीमा नाकामा भारतीय पर्यटक तथा नेपाली नागरिकको आवागमन सहज बनाउने उद्देश्यले एकीकृत भन्सार जाँच प्रणालीलाई व्यवस्थित गर्ने काममा प्रदेश सरकार सक्रिय भएको मन्त्री थापाले जानकारी दिए। उनका अनुसार रोजगारीका लागि भारत जाने नेपाली श्रमिकहरूको तथ्याङ्क सङ्कलन तथा नेपाल भ्रमणमा आउने भारतीय पर्यटकहरूको तथ्याङ्क व्यवस्थित रूपमा राख्न भन्सार नाकाको सुधार योजना अघि बढाइएको हो।

Navadurga sun

अनुगमनपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्री थापाले दुवै देशका नागरिकलाई सहज सेवा प्रदान गर्न भन्सार क्षेत्रमा आगमन प्रक्रियालाई सरल बनाइने बताए। साथै, सामानको जाँचका लागि आधुनिक स्क्यानिङ मेसिन जडानको तयारी भइरहेको जानकारी पनि दिए।

उनले यसबाट सीमा क्षेत्रमा हुने अनावश्यक झन्झट हट्नुका साथै आवागमन थप सहज हुने विश्वास व्यक्त गरे। साथै, सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक गतिविधि नियन्त्रण तथा लागू औषध ओसारपसार रोकथाममा समेत यसले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

अनुगमन टोलीमा आर्थिक मामिला मन्त्री थापासँगै भौतिक पूर्वाधार तथा विकास मन्त्री सुरेन्द्रबहादुर पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीको समेत सहभागिता रहेको थियो। टोलीले दुवै सीमा नाकाको वर्तमान अवस्था, सेवा प्रवाह र सुधारका सम्भावनाबारे स्थलगत रूपमा अवलोकन गरेको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...