सुदूरपश्चिम प्रदेश सभामा बैठक स्थगित

धनगढी- सुदूरपश्चिम प्रदेश सभाको आज बोलाइएको बैठक स्थगित भएको छ। आज दिउँसो २ बजे प्रदेश सभाको बैठक बोलाइएको थियो।

सभामुखको आदेशानुसार अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए।

Navadurga sun

जेनजी आन्दोलनकारीले तोडफोड र आगजनी गरेपछि चार महिनासम्म प्रदेश सभाको बैठक बस्न सकेको थिएन। सभा भवन मर्मतपछि केही दिन अगाडिबाट मात्रै प्रदेश सभाको बैठक पुनः सुरु भएको थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...