कैलालीमा ब्ल्याक स्पट जोन बोर्ड स्थापना, सवारी दुर्घटना न्यूनीकरणमा ध्यान

कैलाली- सुदूरपश्चिम प्रदेशमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि कैलाली जिल्लाका विभिन्न स्थानमा ‘ब्ल्याक स्पट जोन’ बोर्डहरू स्थापना गरिएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया निर्देशानुसार ट्राफिक प्रहरी कार्यालय लम्की मातहत १० वटा पोष्टहरूले बढी दुर्घटना हुने स्थान पहिचान गरी बोर्ड राखेका हुन्।

Navadurga sun

जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक चक्र देउवाका अनुसार लम्की, हसुलिया, सुख्खड, फुलबारी, हरिनगर, स्याउले, गोदावरी, गेटा, राजपुर र खानिडाँडामा बोर्ड स्थापना गरिएको छ। यस कदमले सवारी चालक र यात्रुलाई सचेत गराउँदै गति नियन्त्रण, नियम पालन र आवश्यक सावधानी अपनाउन प्रेरित गर्ने अपेक्षा गरिएको छ।

प्रहरी निरीक्षक देउवाले आगामी दिनमा जनचेतनामूलक कार्यक्रम, सवारी चेकजाँच र अनुगमनलाई थप प्रभावकारी बनाउने योजना रहेको जानकारी दिएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...