बैतडीमा थपियो मतदाता, बढाइयो पाँच मतदान केन्द्र

बैतडी- बैतडीमा पाँचवटा मतदान केन्द्र थपिएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पाँचवटा मतदान केन्द्र थपिएका हुन्।

यहाँको सिगास गाउँपालिका–४ को वडा कार्यालय भवन कान्धार, दशरथचन्द नगरपालिका–७ को केदारशीला आधारभूत विद्यालय सुर्काल, दशरथचन्द नगरपालिका–९ को केदार आधारभूत विद्यालय सीम लोडासौँ, शिवनाथ गाउँपालिका–३ को श्रीपूर आधारभूत विद्यालय बछला र पाटन नगरपालिका–५ को त्रिपुरेश्वर मावि कुलडामा मतदान केन्द्र थप भएको हो।

Navadurga sun

त्यसैगरी, एउटा मतदान केन्द्र घटाइएको छ। मेलौली नगरपालिका–२ को कोटेश्वर आधारभूत विद्यालयमा रहेका दुईवटा मतदान केन्द्रमध्ये एउटा मतदान केन्द्र हटाइएको हो। गत निर्वाचनमा दुई सय १० वटा मतदान केन्द्र रहेकामा अब भने दुई सय १४  मतदान केन्द्र कायम भएका निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले जानकारी दिए। मतदानस्थल भने साविककै एक सय २९ नै कायम रहेको उहाँले बताए।

गएको निर्वाचनमा दुई सय १० वटा मतदान केन्द्र रहेको बैतडीमा आगामी निर्वाचनका लागि दुई सय १४ मतदान केन्द्र कायम भएका जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख पुरुषोत्तम जोशीले बताए। मतदानस्थल भने साविककै एक सय २९ नै कायम रहेका उनले बताए।

जिल्ला सदरमुकाममा एउटा अस्थायी मतदान केन्द्र रहने छ। जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताको विवरण सङ्कलनको काम गरिहेको छ। स्थानीय, प्रदेश र सङ्घमातहत रहेका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, कारागारमा रहेका वा वृद्धाश्रममा रहेकाहरूको विवरण सङ्कलनको काम भइरहेको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख जोशीले बताए।  

जिल्लामा आगामी निर्वाचनका लागि एक लाख ५६ हजार ३७२ मतदाता कायम भएका छन्। यस वर्ष छ हजार २१६ मतदाता थपिएका बताइएको छ। यसअघि एक लाख ५० हजार १५६ मतदाता रहेका थिए। रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...