धनगढी- नेपाल विद्युत प्रधिकरणले सुदूरपश्चिम प्रदेशका उत्कृष्ट ग्राहकलाई सम्मान गरेको छ । शनिवार प्राधिकरणको प्रादेशिक कार्यालयमा आयोजित कार्यक्रममा सबैभन्दा बढी विद्युत खपत गर्ने र नियमित महसुल बुझाउने ग्राहक सम्मानित भएका हुन् ।



नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले धनगढी उपमहानरपालिका सहित उत्कृष्ट १० ग्राहकलाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरेका हुन् ।


सम्मानित हुनेमा धनगढी उपमहानगरपालिका, गोदावरी ५ मा रहेको लक्ष्मी कत्था उद्योग प्रालि, आरपी एग्रो ईन्डस्ट्रिज प्रालि, रौराबाबा ग्रामीण विद्युत सहकारी संस्था, भागेश्वर फ्लोर मिल, सेती प्रादेशिक अस्पताल, भाटभटेनी सुपरमार्केट, मल्टी पोलिमर प्रालि र नेपाल टेलिकम, गोदावरी फ्लोर मिल रहेका छन् ।
यी दश वटा ग्राहकले सबैभन्दा बढी विद्युत खपत गरेर सबैभन्दा बढी महसुल तिरेको आधारमा सम्मानित गरिएको हो । बढी विजुली खपत गरेर समयमै महसुल बुझाएको भन्दै महत्वपूर्ण ग्राहक भन्दै सम्मान गरिएको विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख मनोजकुमार यादवले बताए ।