भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज रन–वेबाट चिप्लियो

झापाको भद्रपुर विमानस्थलमा हिजो राति बुद्ध एयरको एटीआर–७२ विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर करिब ३ सय मिटर बाहिर पुगेको छ। जहाजमा क्षति पुगे पनि यात्रु र चालक दलका सबै सदस्य सकुशल रहेका छन् ।

Dadeldhura hospital

काठमाडौंबाट ५१ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित उडेको बुद्ध एयरको उडान नम्बर ९०१ राति ९ बजेर १० मिनेटमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो । जहाज धावनमार्गभन्दा पर गएर भास्सिएपछि हतारमा बाहिर निस्कने क्रममा ६ जना यात्रु र को–पाइलट सुशान्त श्रेष्ठलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

घाइतेहरूलाई उपचारका लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर लगिएको छ । राति अबेरसम्म विमानबाट यात्रु र चालक दलका सदस्यलाई सकुशल बाहिर निकालिएको थियो ।

अत्तालिएका केही यात्रुहरू इमरजेन्सी ढोका र झ्याल फोडेर बाहिर निस्किएको जनाइएको छ । घटनाबारे थप छानबिन भइरहेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

Loading...