सुदूरपश्चिमका तीन जिल्ला जोड्ने सडक एक महिनासम्म बन्द

धनगढी- सुदूरपश्चिमका तीन जिल्ला बैतडी, बझाङ र दार्चुला जोड्ने मध्यपहाडी राजमार्ग (साविक महाकाली राजमार्ग) को स्याउले–अनारखोली खण्ड एक महिनासम्म दैनिक ६ घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जारी गरेको सूचनाअनुसार, सडक खण्डमा निर्माण कार्यका कारण शनिबारदेखि माघ १९ गतेसम्म प्रत्येक दिन बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म आवागमन रोकिनेछ ।

Navadurga sun
Godawari sandesh

सहायक प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीका अनुसार, सडक डिभिजन कार्यालय डोटीको जिम्मेवारीमा रहेको खसरेखान क्षेत्रमा रक कटिङ तथा सडक चौडा गर्ने कार्य भइरहेका कारण यस्तो निर्णय गरिएको हो ।

डिभिजन कार्यालयका प्रमुख रमेश भट्टराईले भने, “सडक सुधार तथा चौडा गर्न उक्त खण्डमा साढे चार अर्बको ठेक्का लागेको छ ।” यस कारण यात्रुहरूले वैकल्पिक मार्ग प्रयोग गर्न वा समय मिलाएर यात्रा गर्नुपर्ने आवश्यकता छ ।

Couple
Loading...