कैलाली र कञ्चनपुरबाट भन्सार छलिका अवैध सामान बरामद

धनगढी- प्रहरीले कञ्चनपुर र कैलाली जिल्लामा भारतबाट भन्सार छलि गरी ल्याइएका अवैध सामानहरू बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।

कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–२ बैजुडाडा क्षेत्रमा मिति शनिवार बिहान करिब ८ बजे भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी मूल्य ५६ हजार बराबरका चिनि तथा प्लाष्टिक पोलिथिन प्रहरी चौकी टेडुवा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

Navadurga sun

यसैगरी, शनिवार साँझ करिब ६ बजे जिल्ला कैलाली धनगढी उपमहानगरपालिका–३ सिसा पोष्ट नजिक भारतबाट भन्सार छलि गरी ल्याइएका अन्दाजी मूल्य २८ हजार ९ सय बराबरका बिद्युतका सामग्रीहरू जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएका सामानहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...