युवा संघ बैतडीका सदस्य भाटको हत्या गरिएको आशंका, ४ जनाको नाममा जाहेरी

बैतडी, १७ असाेज– गत भदौ १० गते भिरबाट लडेर मृत्यु भएको भनिएका युवा संघ नेपाल बैतडीका सदस्य विजय भाटको हत्या भएको आशंका गरिएको छ। मृतकका बुवा बीरसिंह भाटले जिल्ला सरकारी वकिल कार्यालयमार्फत ४ जनाको नाममा किटानी जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए।

दशरथचन्द नगरपालिका–५ का अशोक नाथ, लक्ष्मण नाथ, राजेन्द्र नाथ र महेश नाथको नाममा किटानी जाहेरी परेको उनले बताए। किटानी जाहेरीपछि प्रहरीले जिल्ला अदालतबाट अनुमति मागेर उनीहरुको नाममा पक्राउ पूर्जी जारी गरिसकेको छ।

Navadurga sun

भाट लडेको भनिएको ठाउँमा त्यस्तो भिर नभएको र उनीसँग भएकाहरुले पनि अलगअलग कुरा गर्न थालेपछि छोराको हत्या भएको हुन सक्ने मृतकका बुवा बीरसिंह भाटले बताए। प्रहरीले उक्त घटनाको पुनः अनुसन्धान गर्ने जनाएको छ। दशरथचन्द नगरपालिका– ५ दमरखोलीका ३० वर्षीय भाटको उपचारको क्रममा गत भदौ ११ धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...