धनगढी- सशस्त्र प्रहरी नेपालको २५ औ स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण गरिएको छ । शुक्रबार सेती प्रादेशिक अस्पतालका १२० जना बिरामीलाई फलफूल वितरण गरेको हो ।



सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलाली र नेपाल पूर्व सशस्त्र प्रहरी संघ जिल्ला कार्य समिति कैलालीको संयुक्त आयोजनामा फलफूल वितरण गरेको जनाएको छ ।


सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण कैलालीबाट सहायक गणपति सशस्त्र प्रहरी नायव उपरीक्षक जनक राज पन्त र नेपाल पूर्व सशस्त्र प्रहरी संघका जिल्ला अध्यक्ष भुपु सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावल सहितको टोलि फलफूल वितरण कार्यमा सहभागि भएको थियो ।





