ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै

‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ।

ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण गर्दै सम्मान, संरक्षण र सहभागिता प्रवर्द्धन गर्ने उद्देश्यले सरकारी तथा गैरसरकारी निकायले विविध कार्यक्रम आयोजना गरेका छन्। विसं २०५१ पुस ११ गते सामाजिक सुरक्षा भत्ता सुरु गरिएको दिनको स्मरणमा नेपालमा हरेक वर्ष यो दिवस मनाइन्छ।

Navadurga sun

दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक समाज विकासका मार्गदर्शक र प्रेरणाका पुञ्ज भएको उल्लेख गर्नुभएको छ। यस्तै उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका रूपमा स्वीकार गर्नुपर्ने बताउनुभएको छ।

नेपालमा विसं २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले ज्येष्ठ नागरिकलाई मासिक रु एक सय वृद्धभत्ता दिने व्यवस्था सुरु गरेको थियो। हाल ज्येष्ठ नागरिकले मासिक रु चार हजार वृद्धभत्ता पाउँदै आएका छन्। देशभर करिब १७ लाख ज्येष्ठ नागरिकले वृद्धभत्ता लिइरहेका छन्।

नेपालको संविधान तथा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ ले ज्येष्ठ नागरिकलाई विशेष संरक्षण र सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...