अत्तरिया महोत्सवमा आज समीक्षा अधिकारी लगायतका कलाकारको प्रस्तुति रहने

अत्तरिया- सृजनशील युवा क्लब अत्तरियाको आयोजनामा ‘सृजनशील गोदावरी सांस्कृतिक महोत्सव–२०८२’ पुष ९ गते बुधबारदेखि भव्य रूपमा सुरु भएको  महोत्सवमा आज देखि राष्ट्रिय तथा स्थानीय कलाकारहरुकाे प्रस्तुति रहने आयोजक जनाएको छ ।

महोत्सवमा आज गायिका समीक्षा अधिकारी, गायक रमेश राज भट्टराई आफ्नो प्रस्तुति दिने छन् । त्यस्तै कलाकार मनोज धामी, लक्ष्मी राना, ऐश्वर्या विष्ट लगायतका कलाकारले आफ्नो प्रस्तुति राख्ने जनाइएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

अत्तरिया सुरु भएको महोत्सव पुस १९ गतेसम्म हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहनुका साथै कला सँस्कृति झल्किने सामग्रीहरु समेत प्रस्तुत गरिने छ ।

Dadeldhura hospital

२०६६ सालदेखि २०७१ सम्म महोत्सव आयोजना गर्दै आएको सृजनशील युवा क्लबले २०७२ सालमा अत्तरिया उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरेको थियो । विविध कारणले संघले महोत्सवलाई निरन्तरता दिन नसकेकाले आफूहरुले फेरि सुरु गरेको आयोजकले जनाएको छ ।

महोत्सवले अत्तरियाको आर्थिक कारोबारमा वृद्धि हुने आयोजकले अपेक्षा गरेको छ । महोत्सवमा स्थानीय कला, संस्कृति, पर्यटन र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको १८० वटा स्टल रहेका छन् । महोत्सवमा सांस्कृतिक झाँकी, परम्परागत प्रस्तुति, बाल उद्यान, मनोरञ्जनात्मक मेला तथा थारु गाउँको विशेष प्रदर्शनी रहेको छन । थारु समुदायको मौलिक पहिचान, संस्कृति र परम्परागत खानालाई प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ ।

महोत्सवको मञ्च कार्यक्रमलाई आकर्षक बनाउँदै कलाकार दुर्गेश थापा, पल शाह, समीक्षा अधिकारी, एलिना चौहान, चक्र बम, प्रभात पाल ठकुरी लगायत चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ ।

महोत्सवमा स्थानीय उत्पादन, हस्तकला तथा कृषि प्रदर्शनी, युवा उद्यमशीलता, रोजगारी र व्यवसाय प्रवर्द्धनसम्बन्धी सूचना स्टलहरू समेत रहनेछन् ।महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ टिकट र अन्यलाई १ सय रुपैयाँ टिकट तोकिएको छ भने ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई प्रवेश निःशुल्क गरिएको छ ।

Loading...