करेन्ट लागेर वडा सदस्यको मृत्यु

धनगढी- डोटीमा करेन्ट लागेर वडा सदस्यको मृत्यु भएको छ । मंगलबार जोरायल गाउँपालिका–६ गापरमा करेन्ट लागेर सोही वडाका वडा सदस्य २८ वर्षीय खेम साउदको करेन्ट लागेर मृत्यु भएको हो ।

Dadeldhura hospital

आफ्नै कोठामा रहेका उनको बिजुलीको तार सर्ट हुँदा छातीमा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । घाइते उनलाई आफन्तहरूले तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याएका थिए ।

godawari10 Mahila hinsa
Navadurga sun

उपचारका क्रममा साँझ ५ बजेर २७ मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...