धनगढीमा ‘होलिडे इन’ सञ्चालनका लागि सम्झौता, २०८४ देखि सेवा सुरु हुने

धनगढी- धनगढीमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय चेन होटल ‘होलिडे इन’ सञ्चालनका लागि होटल व्यवस्थापनसम्बन्धी सम्झौता सम्पन्न भएको छ। क्लब चौलानी लिमिटेड र आईएचजी होटल्सबीच भएको उक्त सम्झौतामा क्लब चौलानी लिमिटेडका अध्यक्ष डा. राजेन्द्र केसी र आईएचजी होटल्सका तर्फबाट दक्षिण एशियाका प्रबन्ध निर्देशक सुदीप जैनले हस्ताक्षर गरेका हुन्।

सम्झौता कार्यक्रम काठमाडौँस्थित होलिडे इन रिसोर्ट, बुढानिलकण्ठमा सम्पन्न भएको हो।
करीब २ अर्ब ५० करोड रुपैयाँको लगानीमा धनगढीमा निर्माण हुन लागेको यो होटल पाँचतारे स्तरको हुनेछ र अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालनमा आउने क्लब चौलानी लिमिटेडका चाटर्ड एकाउन्टेन्ट दीपक पाण्डेयले जानकारी दिए।

Navadurga sun

उनका अनुसार होटलमा प्रिमियम स्तरका आधुनिक अतिथि कक्षहरू, रुफटप स्विमिङ पुल, बहु–परिकार रेष्टुरेन्ट, फिटनेस सेन्टर तथा विभिन्न बैठक, गोष्ठी र सम्मेलनका लागि सभाहलको व्यवस्था रहनेछ।

यस परियोजनाले सुदूरपश्चिम प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको आतिथ्य सेवा र लगानीका लागि नयाँ मापदण्ड स्थापना गर्ने विश्वास व्यक्त गर्दै क्लब चौलानी लिमिटेडका प्रबन्ध निर्देशक मानसिंह साउदले होटल सञ्चालनमा आएपछि क्षेत्रीय पर्यटन प्रवर्द्धन, व्यवसायिक विकास तथा समग्र आर्थिक गतिविधिमा उल्लेखनीय योगदान पुग्ने बताए।

होटेल २०८४ सालको नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने लक्ष्यका साथ निर्माण तथा तयारी कार्य तीव्र रूपमा अघि बढाइएको पनि उनले जानकारी दिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...