नेपालगञ्जमा भारतीय टुर अपरेटरसहित संवाद हुँदै

नेपालगञ्ज- पर्यटन प्रवद्र्धनका लागि भारतीय टुर अपरेटर र नेपालगञ्जका पर्यटन व्यवसायीबीच आपसी संवाद हुने भएको छ।

पर्यटन बोर्डको आयोजना तथा नाट्टा बाँके च्याप्टरको संयोजनमा शनिबार यहाँ आयोजना हुन लागेको ‘नेपालगञ्ज क्रस बर्डर टुरिजम कन्क्लेभ २०२५’ मा सो संवाद हुने भएको हो। कार्यक्रममा भारतको उत्तर प्रदेशका विभिन्न सहरका टुर अपरेटर, वीडिङ डेस्टिनेशन प्लानर र सञ्चारकर्मी गरी झण्डै एक सय पर्यटन प्रतिनिधिको सहभागिता रहने नाट्टा बाँकेका निवर्तमान अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

‘पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न यसले सघाउ पुर्‍याउँछ, उनले भने। कन्क्लेभमा पर्यटन र पर्यटकका विषयमा नेपाल–भारत दुई देशबीचका सीमा सम्बन्धी मुद्दा, पर्यटन अन्तरसम्बन्ध र नेपालगञ्ज भारतीयका लागि गन्तव्य बन्न सक्छ भन्ने लगायतका विषयमा अन्तरसंवाद हुने छ।

पूर्वअध्यक्ष सिग्देलका अनुसार नेपाली पर्यटन व्यवसायी र पर्यटन जानकार सम्मिलित यस इभेन्टमा व्यापार साटासाट बिटुबी सेसनका लागि नेपाली पर्यटन व्यवसायी ट्राभल एजेन्सी, एयरलाइन्स, क्यासिनोलगायतका झण्डै अढाइ दर्जन कक्ष बुक गरिएका छन्। नेपालगञ्जस्थित कारकाँदोमा सञ्चालन हुने उक्त कार्यक्रममा भारतीय पाहुना र अन्य सरोकारवाला आज बेलुकासम्म नेपालगञ्ज आइपुग्ने उनले बताए।

तीन दिनसम्म नेपालगञ्जमा सञ्चालन हुने उक्त कार्यक्रममा बागेश्वरी दर्शन, क्रस बार्डर टुरिजम अन्तरसंवाद, बिटुबी, प्रपर्टी भिजिट, क्यासिनो भिजिट, नेपाली सांस्कृतिक कार्यक्रम र बाँके राष्ट्रिय निकुञ्जको जङ्गल सफारी हुने नाट्टा बाँकेले जनाएको छ । रासस

Loading...