रविलाई थुनामुक्त गर्ने आदेशपछि नख्खु कारागारबाहिर समर्थकको भिड

काठमाडौं- उच्च अदालत, बुटबलले बिहीबार रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएसँगै नख्खु कारागारमा समर्थकको भिड लागेको छ । अहिले नख्खु कारागारबाहिर समर्थकहरू बाक्लो संख्यामा जम्मा भएका छन् ।

Dadeldhura hospital

उच्च अदालत बुटवलका न्यायाधीशहरू बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

Navadurga sun
Godawari sandesh

आदेश जारी गर्दै उनलाई तीनवटा शर्त पनि तोकिएको छ । ती शर्त पालनापछि मात्रै उनी थुनामुक्त हुन पाउनेछन् । जिल्ला अदालत रुपन्देहीका एक अधिकृतका अनुसार, लामिछाने थुनामुक्त हुन भने केही प्रक्रिया पूरा हुनुपर्छ ।

पहिलो, उच्च अदालत बुटवलको आदेश जिल्ला अदालत रुपन्देहीमा पुग्नुपर्छ । अहिले कार्यालय समय बन्द भएकाले शुक्रबार मात्रै जिल्ला अदालतमा उच्च अदालतको आदेश पुग्नेछ ।

Loading...