टनकपुर ब्यारेजबाट नेपालतर्फ सिँचाइका लागि पानी छोड्न भारतसँग समन्वय जारीः मन्त्री घिसिङ

कञ्चनपुर— ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले कञ्चनपुरस्थित टनकपुर ब्यारेजबाट नेपालतर्फ सिँचाइका लागि पानी छोड्ने विषयमा भारतसँग आवश्यक पहल र समन्वय भइरहेको बताएका छन् ।

राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना (तेस्रो चरण) अन्तर्गत कञ्चनपुरको ब्रह्देवस्थित टनकपुर ब्यारेजको बुधबार बिहान निरीक्षण गर्दै मन्त्री घिसिङले उक्त विषयमा दुई देशबीचका संयन्त्रमार्फत निरन्तर छलफल, द्विपक्षीय भेटवार्ता तथा पत्राचार भइरहेको जानकारी दिए।

Navadurga sun

उनका अनुसार कञ्चनपुरका सुख्खाग्रस्त करिब पाँच हजार हेक्टर जमिनमा तत्काल सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले नेपालतर्फ मुख्य नहर, शाखा र प्रशाखा नहरको निर्माण कार्य सम्पन्न भइसकेको छ। अब भारततर्फबाट पानी छोड्ने निर्णय आउने विश्वास व्यक्त गर्दै मन्त्री घिसिङले त्यसपछि किसानले प्रत्यक्ष लाभ पाउने बताए।

निरीक्षणका क्रममा मन्त्री घिसिङले महाकाली सिँचाइ आयोजना समयमै प्रभावकारी रूपमा सञ्चालन गर्न सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।

ADD Khali jpg
ADD Khali jpg
Loading...