अत्तरिया- कैलालीको धनगढीमा फालिएको अवस्थामा एक नवजात शिशु फेला परेकी छिन्।




धनगढी उपहमानगरपालिका- ८ भद्र टोलको नाला किनारमा आज बिहान ९ः१५ बजे नवजात शिशु (बालिका)फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


शिशुलाई उद्धार गरी सेती प्रादेशिक अस्पतालमा ल्याइ उपचार भइरहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




