अत्तरियामा राष्ट्रिय जनमोर्चा नेपालको प्रचारात्मक सभा सम्पन्न

लक्ष्मी भट्ट/अत्तरिया- राष्ट्रिय जनमोर्चा नेपालको प्रचारात्मक सभा आज कैलालीको अत्तरियास्थित दुर्गा मन्दिरको प्राङ्गणमा भव्यताका साथ सम्पन्न भएको छ । देशभर प्रचार कार्यक्रम सञ्चालन गर्ने क्रममा जनमोर्चा नेपालको जिल्ला कार्यसमिति कैलालीको आयोजनामा उक्त सभा सम्पन्न भएको हो ।

Ganyapdhura gau

कार्यक्रमका प्रमुख अतिथि जनमोर्चा नेपालका सुदूरपश्चिम प्रदेश इन्चार्ज नन्दराज भट्ट रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता जनमोर्चा नेपाल कैलालीका जिल्ला उपाध्यक्ष शोभामणि भट्टले गर्नु भएको थियो ।

Navadurga sun
Godawari sandesh

“गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गरौँ, संघीयता खारेज गरौँ” भन्ने नाराका साथ सञ्चालन गरिएको कार्यक्रममा वक्ताहरूले वर्तमान राष्ट्रिय समस्याबारे धारणा राख्नु भएको थियो । उनीहरूले कम्युनिस्टको नाममा ठूला राजनीतिक दलहरूले जनतालाई भ्रममा पारी राजनीति गरिरहेको आरोप लगाउँदै जनमोर्चा नेपाल नै सच्चा कम्युनिस्ट पार्टी भएको दाबी गरे ।

Dadeldhura hospital

कार्यक्रममा देशका सीमाना अतिक्रमण भइरहेको, राष्ट्रिय स्वाधीनता माथि बाह्य हस्तक्षेप बढ्दै गएको तथा जेन्जी (Gen-Z) युवाहरूको विद्रोहको अवमूल्यन भइरहेको विषयमा चिन्ता व्यक्त गरिएको थियो । जेन्जीका मागहरू सम्बोधन हुन नसकेको र प्रमुख राजनीतिक दलहरू सत्ता मोह तथा भ्रष्टाचारमा लिप्त भएको वक्ताहरूको भनाइ थियो ।

प्रमुख अतिथि नन्दराज भट्टले बोल्दै देशमा बाह्य हस्तक्षेप बढिरहेको, राजनीतिक दलहरू विदेशबाट सञ्चालित जस्तो देखिएको तथा जेन्जी आन्दोलनप्रति सरकारले गम्भीर ध्यान नदिएको बताए । उनले विकास दुई किसिमको हुने उल्लेख गर्दै जीविकोपार्जन सम्बन्धी विकास र संरचनागत विकास (सडक, बिजुली, यातायात आदि) दुवैबाट नेपाली जनता वञ्चित भएको बताए ।

उनले संघीयताको नाममा देश टुक्रिँदै गएको दाबी गर्दै संघीयता खारेज हुनुपर्नेमा जोड दिए । संघीयता नेपाली जनताको माग नभई विदेशी शक्तिहरूले लादेको व्यवस्था भएको जनमोर्चाको ठहर रहेको उनले स्पष्ट पारे ।

भट्टले केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्ड नेतृत्वका सरकारका गतिविधिहरू जनताले बुझिसकेको दाबी गर्दै आउँदो निर्वाचनमा जनमोर्चा नेपाल बलियो रूपमा अघि आउने विश्वास व्यक्त गरे । ठूला दलहरू भ्रष्टाचारमा डुबेकाले अब जनता विवेकपूर्ण मतदान गर्ने समय आएको उनले बताए ।

आउँदो निर्वाचनपछि सरकार गठन गर्न सके जनमोर्चा नेपालले गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य, रोजगार र मनोरञ्जन जस्ता नागरिकका आधारभूत अधिकार सुनिश्चित गर्दै देशमा समाजवाद स्थापना गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

Couple
Loading...