धनगढी जेसिज २०२६ को अध्यक्षमा ओझा निर्वाचित

धनगढी- धनगढी जेसिज २०२६ को अध्यक्षमा महेश्वर ओझा निर्वाचित भएका छन् । शनिबार धनगढीमा सम्पन्न निर्वाचनमा उनले आफ्ना प्रतिद्वन्द्वी मनिस कुँवरलाई ९ मतले पराजित गर्दै अध्यक्ष पदमा विजयी हासिल गरेका हुन् ।

Ganyapdhura gau

निर्वाचनमा जम्मा ९१ मत खसेको थियो । जसमा ओझाले ४९ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी कुँवरले ४० मत पाए। २ मत भने बदर भएको निर्वाचन समितिले जनाएको छ । प्रतिस्पर्धात्मक र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचनलाई जेसिज सदस्यहरूले सकारात्मक रूपमा लिएका छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

अध्यक्षमा निर्वाचित भएलगत्तै ओझाले आफ्नो कार्यकालका लागि पदाधिकारी टिम घोषणा गरेका छन् । जसअनुसार महासचिवमा दिपक गौतम, कोशाध्यक्षमा आशिष शाह तथा कानुनी सल्लाहकारमा ललित बम्मलाई मनोनीत गरिएको छ ।

यसअघि नै धनगढी जेसिजको कार्यकारिणी उपाध्यक्ष तथा उपाध्यक्ष पदहरूमा उम्मेदवारी निर्विरोध निर्वाचित भइसकेको निर्वाचन समितिले जानकारी दिएको छ । यससँगै २०२६ कार्यकालका लागि जेसिजको नयाँ नेतृत्व टिम लगभग पूर्ण भएको छ ।

नव–निर्वाचित अध्यक्ष ओझाले धनगढी जेसिजलाई नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा युवालाई उद्यमशीलतामा जोड्ने कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सबै सदस्यको सहकार्य र सुझावका आधारमा संस्थालाई अझ सशक्त बनाउने बताए ।

धनगढी जेसिजले हरेक वर्ष युवाहरूको नेतृत्व विकास, सामाजिक सेवा र समुदाय केन्द्रित कार्यक्रममार्फत धनगढी क्षेत्रमै महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । नयाँ नेतृत्व चयनसँगै आगामी दिनमा थप प्रभावकारी कार्यक्रम सञ्चालन हुने अपेक्षा गरिएको छ ।

Couple
Loading...