धनगढीमा सवारी साधन चेकजाँचका क्रममा लागूऔषध बरामद

कैलाली- धनगढी उपमहानगरपालिका–७ देवरिया गौडी टोल क्षेत्रमा साँझपख प्रहरीले शंका लागी सवारी साधन चेकजाँच गर्ने क्रममा लागूऔषध बरामद गरेको छ ।

Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मिति २०८२।०८।२७ गते करिब १७ः०० बजेको समयमा से ४ प ५०३ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा मोटरसाइकल चालक ऐ।१६, बेहडाबाबा बस्ने वर्ष ३५ का लोकेन्द्र कठायतको साथबाट ३१० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

फेला परेको पदार्थ, मोटरसाइकलसहित लोकेन्द्र कठायतलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Loading...