खानेपानी संस्थान धनगढीको दुई करोड ३१ लाख बक्यौता

धनगढी- नेपाल खानेपानी संस्थान धनगढीमा रु दुई करोड ३१ लाख २४ हजार २५० बक्यौता रहेको लेखा शाखा प्रमुख पङ्कजकुमार दासले बताए।
संस्थानले धनगढी उपमहानगरपालिकाका १५ वटा वडामा दैनिक १८ देखि २० घण्टासम्म १५ लाख एमएलडी पानी वितरण गर्दै आएको छ।
हाल संस्थानसँग १० हजार ४५० सेवाग्राही छन् र मासिक न्यूनतम रु ११० सेवा शुल्क लिइरहेको छ।
२५ मंसिर, कैलाली । लामो समयदेखि धनगढीमा खानेपानी वितरण गर्दै आएको नेपाल खानेपानी संस्थानको विभिन्न व्यक्तिगत र सार्वजनिक संस्थाबाट उठाउन बाँकी बक्यौता रकम रु दुुई करोड बढी रहेको छ ।

कार्यालयका लेखा शाखा प्रमुख पङ्कजकुमार दासका अनुसार विगत लामो समयदेखि आर्थिक वर्ष २०८१/८२ सम्म निजी र सार्वजनिक ग्राहकबाट उठाउन बाँकी रहेको रकम रु दुुई करोड ३१ लाख २४ हजार २५० रहेको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

निजी ९८५ र सरकारी ४४ गरी एक हजार २९ खानेपानीको सेवा लिएका ग्राहकबाट सो बक्यौता रकम उठाउँन बाँकी रहेको लेखा शाखा प्रमुख दासले बताए ।

त्यसमध्ये सरकारी कार्यालयबाट उठाउन बाँकी रकम रु ३२ लाख रहेको छ । खानेपानी संस्थान धनगढीले धनगढी उपमहानगरपालिकाभित्रका वडा नं १, २, ३ ,४, ५, ६, ८, ९, १०, ११, १२, १३, १४, १७ र १९ मा आफ्नो सेवा विस्तार गरी खानेपानी वितरण गर्दै आएको छ । केही वडामा भने चालु आर्थिक वर्षबाट खानेपानी वितरणको प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

विसं २०४६ मा स्थापना भएको नेपाल खानेपानी संस्थान धनगढीले यहाँका आम उपभोक्तालाई दैनिक १८ देखि २० घण्टामा १५ लाख एमएलडी (लिटर) जति पानी वितरण गर्ने गरेको कार्यालयको खानेपानी वितरण शाखाले जनाएको छ ।

खानेपानी संस्थान, धनगढीका हाल १० हजार ४५० सेवाग्राही रहेका छन् । संस्थानले खानेपानी उपभोग गरेबापत मासिक रुपमा न्यूनतम शुल्क रु ११० सेवा शुल्क लिँदै आएको छ ।

Loading...