राष्ट्रिय लोक संचारकर्मी नेपाल सुदूरपश्चिम प्रदेश समिति गठन

लक्ष्मी भट्ट/अत्तरिया- राष्ट्रिय लोक संचारकर्मी नेपाल सुदूरपश्चिम प्रदेश समितिको नयाँ कार्यसमिति गठन गरिएको छ। नमस्ते होटलमा सम्पन्न कार्यक्रममा पत्रकार गोबिन्द रोस्याराको अध्यक्षता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय लोक संचारकर्मी नेपालका केन्द्रीय अध्यक्ष तथा सुदूरपश्चिम प्रदेश समिति गठन इन्चार्ज पत्रकार चन्द्र मणि गौतम रहेका थिए। बिशिष्ट अतिथिमा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान सुदूरपश्चिम प्रदेश अध्यक्ष भिम बिष्ट र पत्रकार कमल सरगम सहभागी रहेका थिए । कार्यक्रम रेडियो अत्तरियाका ध्रुव ओझाले सञ्चालन गरेका थिए ।

Navadurga sun

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गौतमले ब्यानर वाचन गर्दै गरेका थिए । स्वागत मन्तव्य मणिलेक टाइम्सका दिपक भट्टले प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गौतमले राष्ट्रिय लोक संचारकर्मी नेपालको स्थापना २०६५ सालमा संचारकर्मीका दुःख, पीडा र समस्याहरू समाधान गर्ने उद्देश्यले भएको बताए। “लोक संस्कृति बचाउनका लागि हामी सबै एकजुट हुनुपर्छ। पत्रकारहरू संगठित भएर अघि बढे स्थानीय संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेलिन्छ,” गौतमले भने ।

गौतमका अनुसार नवगठित प्रदेश समितिले “लोक संस्कृति संरक्षण, संवर्धन र प्रचार–प्रसार गरौँ, शान्ति, प्रेस स्वतन्त्रता, मानव अधिकार र पत्रकार हकहित सुनिश्चित गरौँ” भन्ने नाराका साथ काम अघि बढाउनेछ ।

नवगठित सुदूरपश्चिम प्रदेश समितिको पदाधिकारीहरू यसप्रकार रहेका छन्–

अध्यक्ष: ध्रुव ओझा

उपाध्यक्ष: लछ्मण बीसी (बैतडी)

सचिव: पवित्रा खड्का (अछाम)

कोषाध्यक्ष: दिपक भट्ट (कैलाली)

सदस्यहरू: रमिता बीके, नबिन एडी, सारंगी खत्री, गौरब चन्द लगायत ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति रोस्याराले संस्थाले निरन्तर संस्कृतिको संरक्षणमा काम गर्दै आएको र नयाँ समितिले अझ प्रभावकारी रूपमा काम गर्ने विश्वास व्यक्त गरे । उनले नवगठित समितिको सफल कार्यकालको कामना पनि गरे ।

ADD Khali jpg
ADD Khali jpg
Loading...