टीकापुरबाट खैरो हेरोइनसहित ३ जना पक्राउ

धनगढी- कैलालीको टीकापुरबाट खैरो हेरोइनसहित ३ जना पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका–९ खक्रौला चेकपोष्ट नजिकबाट टीकापुर नगरपालिका–८ कर्मीडाडा बस्ने ३१ वर्षीय प्रविण साउद र २६ वर्षीय धनबहादुर चौधरी पक्राउ परेका हुन् ।

Dadeldhura hospital

उनीहरुको साथबाट ८६० मिलिग्राम खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित दुवै जनालाई प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

यसैगरी टीकापुर नगरपालिका–९ बालुवाटार चोक स्थित सडक खण्डबाट सोही ठाउँ बस्ने २८ वर्षीय कृष्णबहादुर साउदलाई ४ ग्राम ५० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

Loading...