एनपीएल इलिमिनेटर : काठमान्डु र लुम्बिनी आज तयारीसहित आमने–सामने

त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणअन्तर्गत आज हुने ‘इलिमिनेटर’ खेलमा पहिलोपटक प्लेअफ पुगेका काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स आमने–सामने हुँदैछन् । खेल दिउँसो ४ बजे सुरु हुने यो भिडन्तमा जित्ने टोलीले उपाधिको आशा जुगाउनेछ भने पराजित टिमको यात्रा यहीं समाप्त हुनेछ ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित विराटनगर किङ्स अब इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ।

Navadurga sun

उतारचढावपूर्ण यात्रा

काठमान्डुले सुरुआतमा साविक विजेता जनकपुरलाई हराए पनि बीचमा लगातार दुई हार भोगेको थियो। तर अन्तिम चार खेलमा जित दर्ता गर्दै प्लेअफसम्मको यात्रा गर्न सफल भयो। विदेशी खेलाडीको दमदार प्रदर्शन काठमान्डुको मुख्य आधार बनेको छ।
बेन चार्ल्सवर्थ, जोन सिम्पसन र मिलिन्द कुमारले ब्याटिङमा टिमलाई सम्हालेका छन् भने बलिङतर्फ कप्तान करण केसी र शाहब आलम प्रभावकारी छन्।

यता लुम्बिनी लायन्स ले पहिलो खेल जितेपछि ३ खेलमा हार बेहोरेको थियो। तर टिम संरचनामा परिवर्तन गर्दै उत्कृष्ट पुनरागमन गर्‍यो र अन्तिम तीनै खेल जितेर प्लेअफ सुनिश्चित गर्यो।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक रन बनाएका छन् भने बलिङमा शेर मल्ल उत्कृष्ट लयमा देखिएका छन्।

इतिहास काठमान्डुको पक्षमा

दुवै टोलीबीच अहिलेसम्म २ पटक प्रतिस्पर्धा हुँदा दुवै खेल काठमान्डुले जितेको छ। पहिलो संस्करणको लो–स्कोरिङ गेम र दोस्रो संस्करणको लिग खेल दुवैमा काठमान्डुले लुम्बिनीलाई पराजित गरेको थियो।

आज निर्णायक

काठमान्डु विदेशी ब्याटिङ क्षमतामा निर्भर छ भने लुम्बिनीले नेपाली खेलाडीको प्रभावशाली योगदानबाट बलियो टिमवर्क प्रदर्शन गरिरहेको छ। आजको खेलले को फाइनलतर्फ एक कदम अगाडि बढ्नेछ र को बिदा हुनेछ भन्ने टुंगो लगाउनेछ।

खेल: काठमान्डु गोर्खाज vs लुम्बिनी लायन्स (इलिमिनेटर)
समय: अपरान्ह ४ बजे (डे–नाइट)
स्थान: त्रिवि क्रिकेट मैदान
मौसम: सफा, बेलुका शीतको प्रभाव पर्न सक्ने

सम्भावित ११

काठमान्डु गोर्खाज : बेन चार्ल्सवर्थ, आकाश त्रिपाठी, मिलिन्द कुमार, भीम सार्की, जोन सिम्पसन, राशिद खान, सन्तोष यादव, आदिल आलम, सन्नी पटेल, करण केसी, शाहब आलम

लुम्बिनी लायन्स : डार्शी शर्ट, सुमित महर्जन, रोहित पौडेल, दिलिप नाथ, निरोशन डिक्‍वेला, जेजे स्मिथ, सन्दीप जोरा, शेर मल्ल, रुबेन ट्रम्पलमन, अभिशेष गौतम, तिलकराज भण्डारी

ADD Khali jpg
ADD Khali jpg
Loading...