जेनजी आन्दोलनका विध्वंसकारी गतिविधिमाथि कारबाही हुने : अर्थमन्त्री खनाल

धनगढी- अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनमा विध्वंसकारी अथवा गलत गतिविधि गर्नेहरूमाथि कारबाही हुने बताएका छन् ।

सुदूरपश्चिम प्रदेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको भवन अनुगमन गर्दै उनले छानबिन समितिको रिपोर्टपछि जेनजी आन्दोलनमा विषयमा भएको क्षतिहरूबारे प्रस्ट भन्न सकिने बताएका हुन ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

जेनजी आन्दोलनको क्रममा भदौ २४ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका आगजनी तोडफोड भएको थियो । क्षतिग्रस्त भवनको कार्यालयमा अनुगमनमा क्रममा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै उनले आफूले अहिले यस विषयमा अहिल्यै धेरै बोल्न उपयुक्त नहुने बताएका थिए ।

उनले देशैभरी पुनर्निर्माणको काम अघि बढिरहेको बताएका थिए । मुलुकभरी ध्वस्त भएका सरकारी कार्यालयहरू पुर्न निर्माणमा सरकार लागिरहेको समेत उनको भनाइ थियो ।

तीन वर्षभित्र सबै पुनर्निर्माण पुरा भइसक्ने उनको दाबी थियो । सरकारको पहिलो प्राथमिकता निर्वाचन रहेको भन्दै अर्थमन्त्री खनालले स्वच्छ, भयरहित निर्वाचन हुनेमा विश्वस्त रहन आग्रह गरेका थिए ।

Loading...