सुदूरपश्चिम प्रदेशमा २५ बुँदे वन प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाइयो

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेशका वनसम्बन्धी सरोकारवालाले तयार पारेको २५ बुँदे प्रतिवेदन बुझाइएको छ । 

प्रतिवेदन कार्तिक २८ गते पर्यटन, वन तथा वातावरण मन्त्रालयमा भएको छलफल र समिति बैठकपछि तयार पारिएको हो । यसमा प्रदेश वन निर्देशनालयका संयोजक हेमा राज विष्ट सहित १७ सदस्य सहभागी थिए ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

प्रतिवेदनमा वन प्रशासन सुधार, सामुदायिक र सहकारी वन सुदृढीकरण, वातावरणीय संरक्षण, वन क्षेत्रको सदुपयोग, अवैध दोहन नियन्त्रण, वन्यजन्तु संरक्षण, वन पर्यटन प्रवर्द्धन र संरक्षित क्षेत्रको प्रभावकारी व्यवस्थापन जस्ता विषय समेटिएका छन् ।

समितिले प्रतिवेदन कार्यान्वयनका लागि आवश्यक निर्देशिका तथा प्रक्रिया अघि बढाउन मन्त्रालयलाई सिफारिस गरेको छ । मुख्यमन्त्री शाहले प्रतिवेदनका बुँदाहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने र प्रचलित कानुन अनुसार माग पूरा गरिने जानकारी दिएका छन् ।

यो प्रतिवेदनले प्रदेशको वन संरक्षण र व्यवस्थापनमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।

Loading...