गोदावरी-८ स्याउले बजारमा रक्तदान तथा सरसफाइ अभियान सम्पन्न

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–८ स्याउले बजारमा शनिवार रक्तदान तथा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमको आयोजना स्याउले बजार व्यवस्थापन समितिले गरेको हो ।

Dadeldhura hospital

रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ४३ रिजर्भ गण हेडक्वार्टर बनबेहडा, स्याउले आधारभूत स्वास्थ्य केन्द्र, दुर्गा भवानी मावि, दुर्गा ज्योति इंगलिश स्कुल तथा समैजी माविको सहयोग रहेको समितिले जनाएको छ । साथै शिव शक्ति युवा क्लब, सैपाल युवा क्लब र खुटिया चारपाते युवा क्लबले समेत सक्रिय सहयोग गरेका थिए । 

Navadurga sun
Godawari sandesh

बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाका अनुसार स्थानीयलाई सरसफाइप्रति सचेत गराउने उद्देश्यले सफाइ अभियान सञ्चालन गरिएको हो । बजार क्षेत्रमा डस्टबिन राखिएको भए पनि जनचेतनाको अभावमा केही व्यक्तिले सडकमा नै फोहर फाल्ने गरेकाले सचेतनामूलक सरसफाइ कार्यक्रम आवश्यक भएको उनले बताए ।

उनका अनुसार रक्तदान तथा सरसफाइ कार्यक्रम स्थानीय व्यवसायीहरूसँग सहयोग संकलन गरेर सम्पन्न गरिएको हो । रक्तदानबाट १६ पिन्ट रगत संकलन भएको जानकारी दिँदै अध्यक्ष देउवाले रगत अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । समितिले यस्ता सामाजिक गतिविधिहरू निरन्तर सञ्चालन गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

Loading...