धनगढी- नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रको ३७औँ केन्द्रीय साधारण सभा तथा अधिवेशन धनगढीमा सम्पन्न भएको छ। नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।




महासचिवमा मानबहादुर साउँद निर्वाचित भएका छन्, जो सुदूरपश्चिमबाट यस पदमा प्रतिनिधित्व गर्ने पहिलो व्यक्ति हुन् । साउँद पहिले राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिमका अध्यक्ष र सुदूरपश्चिम समावेशी विद्यालयका संस्थापक अध्यक्ष रहिसकेका छन् ।


अध्यक्षमा साम्देन लामा र कोषाध्यक्षमा पुण्य प्रसाद सापकोटा चयन भएका छन् । त्यस्तै, १५ जना सदस्य पदमा निर्वाचित भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्री मेघराज खड्का रहेका थिए । अधिवेशनमा विभिन्न शाखाका प्रतिनिधि, केन्द्रीय पदाधिकारी, कर्मचारी तथा राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिमका पूर्व र वर्तमान अध्यक्षहरूको उपस्थिति रहेको थियो । कार्यक्रमले आर्थिक वर्ष २०८२/८३ का भावी कार्यक्रम पनि प्रस्तुत गरेको छ ।




