चोरी मुद्दामा फरार कैलालीका एक पुरुष पक्राउ

धनगढी- चार वटा चोरी मुद्दामा फरार कैलालीका एक पुरुष पक्राउ परेका छन् ।

Dadeldhura hospital

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले डाँका चोरी मुद्दामा १ महिना कैद सजाय र १३ हजार जरिवाना, डाँका चोरी मुद्दामा ३ महिना कैद सजाय र १५ हजार जरिवाना, डाँका चोरी मुद्दामै ६ महिना कैद सजाय र ५ हजार ४ सय जरिवाना र सोही मुद्दामै १ वर्ष कैद सजाय र २० हजार जरिवाना तोकिएको कैलालीको भजनी नगरपालिका–८ बस्ने ३८ वर्षीय रामलाल चौधरी पक्राउ परेका हुन् ।

Navadurga sun
Godawari sandesh

चौधरीलाई इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ ।

Loading...