एनपिएलमा आज प्लेअफमा पुगेका सुदूरपश्चिम र विराटनगर भिड्दै

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा प्लेअफमा पुगिसकेका सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स बिच खेल हुँदै छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान सवा ११ बजे दुवै टिम लिग चरणको अन्तिम खेल खेल्दै छन । सुदूरपश्चिम १२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। विराटनगर ८ अंकका साथ तेस्रो स्थानमा छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

सुदूरपश्चिमले क्वालिफायर खेल्ने पक्का भइसकेको छ । विराटनगरले आजको खेल ठूलो अन्तरले जितेको अवस्थामा उसले पनि क्वालिफालयर खेल्न सक्ने सम्भावना हुन्छ ।

त्यसो नभए उसले लुम्बिनी लायन्ससँग इलिमिनेटर खेल्नेछ। इलिमिनेटरमा जित्ने टिमले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफाइर हार्ने टोलीसँग फाइनलका लागि भिड्नेछ ।

आजै दोस्रो खेलमा भिड्न लागेका चितवन राइनोज् र पोखरा एभेन्जर्स भिड्दै छन । दुवै टिमले लिग चरणको अन्तिम खेल खेल्न लागेका हुन । दुवै टिमले प्लेअफ सम्भावना भने गुमाइसकेका छन्। २२ खेल जितेर पोखरा र चितवन क्रमशः पाँचौंछैटौं स्थानमा छ ।

Loading...