कैलाली र कञ्चनपुरमा ६ लाखको अवैध सामान बरामद

अत्तरिया- कैलाली र कञ्चनपुरबाट करीब ६ लाखको अवैध सामान बरामद गरिएको छ । कञ्चनपुरका विभिन्न स्थानहरू भीमदत्त नगरपालिका–४ बसपार्क, २ नम्बर गल्ली र सुकासाल क्षेत्रबाट भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका विभिन्न सामानहरू प्रहरीले फेला पारी नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा भेटिएका आईफोन कभर, बेलुन, झालर, हल्दी सेट, पाउडर, गिफ्ट पेपर, कलर गन, अन्न परासन, जुत्ता, किराना लगायतका विभिन्न सामग्रीहरू बरामद गरेको हो ।

Navadurga sun

यी सबै सामानको अनुमानित मूल्य पाँच लाख ६८ हजार ३५४ बराबर रहेको प्रहरीले जनाएको छ । यस्तै, कैलालीको भजनी नगरपालिका–५, जसबहादुर घाट क्षेत्रमा भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका ३५ हजारका बिडी इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार दुवै घटनामा बरामद सबै सामान नियन्त्रणमा लिइएसकिएको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...