धनगढीमा महिला भैंसीपालनबाट आत्मनिर्भर, मासिक लाखौंको कारोबार

धनगढी- धनगढी उपमहानगरपालिका–१४ फुलबारी एच गाउँका महिलाहरू सहकारीमा आवद्ध भई व्यावसायिक भैंसीपालनबाट आत्मनिर्भर बन्न सफल भएका छन्। ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक कोरिडोर डडेल्धुराको सहकार्यमा सुरु गरिएको भैंसीपालन व्यवसायले गाउँका गृहिणीको जीवनस्तर बदलिएको छ।

Ganyapdhura gau

उर्मिला घलेसँग दुई उन्नत जातका भैंसी छन्—एक अनुदानबाट र अर्को आफ्नै लगानीमा। उनी दैनिक १० लिटर दूध बिक्री गरी मासिक झण्डै २० हजार रुपैयाँ आम्दानी गर्छिन्। ‘‘पहिले घरकै लागि मात्रै भैंसी पाल्थें, अहिले यसले आम्दानी र आत्मविश्वास दुवै दियो,” उनले भनिन्।

Navadurga sun
Godawari sandesh

उर्मिला घलेको पहलमा १६ जना महिलाले ‘सिदार्थ महिला कृषि समूह’ दर्ता गरी भैंसीपालन व्यवसाय विस्तार गरेका हुन्। स्टार्टअप कार्यक्रमअन्तर्गत २५ लाख ५५ हजार ५०० तथा समूहको तर्फबाट २४ लाख ४४ हजार ५०० गरी ५१ लाख रुपैयाँ बराबरको रकम खर्चेर १५ भैंसी र एक रागा खरिद गरिएको समूहले जनाएको छ।

Dadhaldhura pur

समूहकी अध्यक्ष दुर्गा कुमारी बुढा तामाङ भन्छिन्, “भैंसीपालनले घर खर्च मात्र होइन, मासिक १९ हजार ५०० रुपैयाँ जति बचत पनि गर्न थालेकी छु। दूधको माग बढ्दो छ, डेरी र होटलले सहजै खरिद गर्छन्।”

अनुदानमा भैंसी लिएपछि गृहिणी महिलाले गोठ निर्माण, छोरीहरूको पढाइ, अतिरिक्त सीप सिकाइ र बचत गर्न सहज भएको छ। सात महिनासम्म दैनिक १० लिटर र त्यसपछि ५ लिटर दूध बिक्री गर्दै आएका महिलाले भैंसी खरिदको लागत नै असुल भइसकेको बताएका छन्।

श्रीमान् नभएर घर खर्च चलाउन कठिनाइमा परेकी लिला लामा तामाङ भन्छिन्, “अनुदानमा भैंसी पाएपछि छोरीलाई पार्लर सिकाउँदै छु, जीवन सजिलो भएको छ।”

भैंसीपालनबाट आत्मनिर्भर महिलाको सफलतापछि छिमेकीहरू पनि व्यवसायमा आकर्षित हुन थालेका छन्। घरमै बसेर व्यावसायिक रुपमा काम गर्न पाएकोमा महिलाहरू खुसी छन् ।

Couple
Loading...