कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट एकैपटक १३९ रुख अवैध कटान

कञ्चनपुर- कञ्चनपुरमा एकै पटक १३९ रुख काटेर गायब पारिएको छ । कृष्णपुर नगरपालिका–७, गौरीघाट सामुदायिक वनबाट एकै पटक अबैध रूपमा १३९ रुख कटान गरी गायब पारिएका हुन् ।

Ganyapdhura gau

गत मङ्सिर ११ गते बिहीबार दिउँसो २ देखि ४ बजेको समयको बिचमा ती रुख कटान गरेर गायब पारिएको डिभिजन वन कार्यालय कञ्चनपुरले बताएको हो । सामुदायिक वनबाट ११६ खयरका रुख, २२ सिसम र एक कन्जुगरेर १३९ रुख काटेर गायब गरिएको सबडिभिजन वन कार्यालय पिपरैयाले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

नजिकै रहेको वडा कार्यालय भवनअगाडिका झन्डै १० बिघामा रहेको जङ्गलबाट त्यति मात्रामा रुख काटेर गायब गरिए पनि जनप्रतिनिधिले समेत वास्ता नगरेको सो कार्यालयका प्रमुख मनिदत्त भट्टले आरोप लगाए । रुख कटान गरिएपछि सामुदायिक वनलाई पत्राचार गरेर सोधपुछको काम भइरहेको उनले बताए ।

यस विषयमा डिभिजन वन कार्यालय कञ्चनपुरमा प्रतिवेदन बुझाइएको उनले बताए । यद्यपि रुख कटानमा संलग्न व्यक्तिको पहिचान भने भइनसकेको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सुरेशचन्द्र डिसीले बताए । यहाँको कार्की टोलका ६०–७० जना स्थानीयको समूहले ती रुख काटेर दाउरामा प्रयोग गरेको खुल्नमा आएको डिभिजन वन कार्यालयका प्रमुख डिसीले बताए ।

Dadhaldhura pur

यहाँका स्थानीयले सो क्षेत्रमा कोरियाली संस्थाको सहयोगमा प्राविधिक शिक्षा अध्ययनका लागि कलेज खोल्न आवश्यक रुख कटान गर्नुपर्ने भएपछि ती रुख काटेको बुझ्नमा आएको कार्यालय प्रमुख डिसीले बताए ।

कजेज भवन निर्माणका लागि यसअघि मङ्सिर १ गते कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझा, वडा नम्बर ७ का अध्यक्ष घुम्मन रानासँग कोरियाली संस्थाका प्रतिनिधिले गौरीघाट वनक्षेत्रमा स्थलगत अनुगमन गरेको बुझ्नमा आएको कार्यालय प्रमुख डिसीले बताए । यद्यपि सो कलेजका लागि भने पाँच बिघा जमिनसमेत अलग स्थानमा रहेको उनले बताए । रुख कटान गरिएपछि डिभिजन वन कार्यालयका प्रमुख डिसीको नेतृत्वमा सोमबार सो क्षेत्रमा स्थलगत निरीक्षण गरिएको थियो ।

गौरीघाट सामुदायिक वनमा अवैध तरिकारले रुख काटेको विषयमा कृष्णपुर नगरपालिका प्रमुख हेमराज ओझा र वडा नम्बर ७ का अध्यक्ष घुम्मन रानामाथि सोधपुछ भइरहेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ । नगरप्रमुख ओझा र वडाध्यक्ष रानामाथि सोमबारदेखि नियमित रूपमा सोधपुछ भइरहेको डिभिजन वन कार्यालयका प्रमुख डिसीले बताए ।

उनीहरूले सो विषयमा जानकारी नभएको प्रतिक्रिया दिएको प्रमुख डिसीले बताए । वडाध्यक्ष रानाले भने ती रुख कटानको विषयमा आफूलाई पूर्वजानकारी नगराइएको दाबी गरे । सो क्षेत्रमा निर्माण गरिने कलेजको अन्य कामका लागि अझै छरसात बिघा जमिन अपुग देखिँदा ती रुखहरू काटिएको हुन सक्ने उनले बताए ।

गौरीघाट सामुदायिक वनमा अवैध तरिकाले काटिएको रुखबारेमा अनुसन्धान गर्न सबडिभिजन वन कार्यालय वाणीका प्रमुख भरत साहलाई खटाइएको छ । डिभिजन वन कार्यालयले मङ्गलबार साहलाई अनुसन्धानका लागि खटाइएको जनाइएको छ । प्रमुख साहले सो सामुदायिक वनबाट अवैध रूपमा रुख कटान गरिएको विषयमा आफूलाई पूर्वजानकारी नभएको र अनुसन्धानपछि मात्र केही बताउन सकिने बताए ।

Couple
Loading...