विभिन्न विभेद अन्त्यका लागि अझै पहल आवश्यक : सुदूरपश्चिम प्रदेश प्रमुख मियाँ

धनगढी- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले विभिन्न प्रकारका विभेदहरू अन्त्य गर्न आवश्यक रहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन बुझ्दै उनले विभेद अन्त्यका लागि अझै पहल आवश्यक रहेको बताएका हुन् ।

‘हाम्रो समाजमा अझै पनि विभिन्न विभेदहरू हट्न सकेको छैन । जातीय विभेद, छाउपडी प्रथा जस्ता समस्याहरू कम भएपनि रोकिएको छैन ’ उनले भने ‘अब त्यस्ता कुप्रथा निर्मूल गर्नु पर्छ ।’ नेपालमा मानव अधिकार आयोगले गरिरहेको कामप्रति सन्तोष व्यक्ति गर्दे प्रदेश प्रमुख मियाँले आयोगलाई अझै साधन स्रोत तथा प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताएका थिए । उनले आयोगकै कारण मानव अधिकार उन्लंघनका घटनाहरूमा कमी आएको बताए । प्रदेश प्रमुख मियाँले अहिले भूमिहीनको समस्या बढिरहेको भन्दै उनीहरूको मानवअधिकार हनन हुन नदिन पहल गर्न पनि अयोगलाई सुझाव दिएका थिए ।

Navadurga sun

आयोगको वार्षिक प्रतिवेदनमा सुदूरपश्चिममा मानव अधिकारको अवस्था, हननका घटना र आयोगका गतिविधिहरू उल्लेख गरिएको छ । वार्षिक प्रतिवेदन हस्तान्तरण गर्दै मानव अधिकार आयोग प्रदेश कार्यालयका निमित्त प्रमुख झंकर रावलले आयोगले सुदूरपश्चिम प्रदेशमा एक वर्षको अवधिमा गरिरहेका गतिविधि बारे जानकारी गराएका थिए ।

सरकारले उक्त प्रतिवेदन अध्ययन गरेर दिइएका सुझावहरू कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिएका थिए । प्रदेश प्रमुख मियाँले प्रदेश सरकारमार्फत प्रदेश सभामा पनि प्रतिवेदनमा छलफल गरिने बताउँदै त्यसले समस्या समाधान गर्न मद्दत गर्ने बताएका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...