धनगढी–१२ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

धनगढी- धनगढी उपमहानगरपालिका–१२ जुगेडामा गोल्डेन ज्योति बोर्डिङ स्कुलको आयोजना तथा माया मेट्रो अस्पताल प्रालिको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

Ganyapdhura gau
Dadhaldhura pur

शुक्रवार विद्यालय परिसरमा आयोजित शिविरमा उक्त विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक, शिक्षिका तथा वडाका अन्य व्यक्तिसहित ३५७ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएको माया मेट्रो अस्पतालका जनसम्पर्क व्यवस्थापक जगत महतोले बताएका छन् ।

Navadurga sun
Godawari sandesh

शिविरमा अस्पतालका चिकित्सकहरूले विभिन्न रोग सम्बन्धी स्वास्थ्य परीक्षण गरी परामर्श प्रदान गरेका थिए । निःशुल्क स्वास्थ्य शिविरबाट गाउँमै स्वास्थ्य परीक्षणको अवसर पाएको भन्दै विद्यार्थीका अभिभावक तथा स्थानीयले खुसी व्यक्त गरेका थिए ।

Couple
Loading...