धनगढीमा मङ्सिर १६ गते प्रदेशस्तरीय सुरक्षा गोष्ठी हुने

कैलाली- सुदूरपश्चिम प्रदेशमा समग्र शान्ति–सुरक्षाका विषयमा छलफल गर्न मङ्सिर १६ गते धनगढीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी हुने भएको छ । गोष्ठीमा प्रदेशमा देखिएका सुरक्षा अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रणका उपाय, सीमा सुरक्षा तथा आगामी निर्वाचन तयारीसम्बन्धी विषयमा प्रदेशस्तरीय प्रतिवेदन तयार गर्ने उद्देश्य रहेको छ ।

Ganyapdhura gau

शुक्रवार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्यता र आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीको अध्यक्षतामा बसेको प्रदेश सुरक्षा संयन्त्रको बैठकले गोष्ठीका तयारीबारे विभिन्न निर्णय गरेको छ ।

Navadurga sun
Godawari sandesh
Dadhaldhura pur

बैठकले चारवटै सुरक्षा निकाय—प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान—सहित प्रदेश निर्वाचन कार्यालयको सहभागितामा प्रतिवेदन तथा प्रस्तुतीकरण तयार गर्ने जिम्मा आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई दिएको छ ।

गोष्ठीको व्यवस्थापकीय पक्ष जिल्ला प्रशासन कार्यालय कैलाली, आन्तरिक मामिला तथा कानुन मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय कैलालीको साझेदारीमा मिलाइने निर्णय भएको छ ।

यसैगरी, प्रदेशभित्र रहेका आपत्कालीन गोदामघरहरूको व्यवस्थापन प्रचलित कानुनअनुसार व्यवस्थित गर्न चारवटै सुरक्षा निकायको सहभागितामा मन्त्रालयले छिटोछरितो अनुगमन तथा निरीक्षण टोली गठन गर्ने र महिनामा एकपटक नियमित निरीक्षण गर्ने व्यवस्था मिलाइने बैठकले निर्णय गरेको छ ।

धनगढी उपमहानगरपालिका–१३ स्थित धनगढी विमानस्थल परिसरभित्र रहेको प्रादेशिक आपत्कालीन गोदामघरको सुरक्षा व्यवस्थाका लागि आवश्यक जनशक्ति सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीलाई सिफारिस गर्ने निर्णय भएको मुख्यमन्त्री कार्यालयको सचिवालयले जनाएको छ ।

Couple
Loading...