नेपाल प्रिमियर लिगमा आज दुई रोमाञ्चक खेल : एभेन्जर्स–लुम्बिनी र बोल्ट्स–रोयल्स आमनेसामने

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (शनिबार) दुई महत्वपूर्ण खेलहरू हुँदैछन्। प्लेअफमा प्रवेश गर्ने सम्भावनालाई जोगाइराख्ने लक्ष्यसहित पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स बिहान पहिलो खेलमा भिड्दै छन्।

प्रतियोगितामा तीन खेल खेलिसकेको पोखरा एभेन्जर्स दुई अंकसहित तालिकाको छैटौँ स्थानमा छ। त्यस्तै, चार खेलबाट दुई अंक नै जुटाएको लुम्बिनी लायन्स सातौँ स्थानमा रहेको छ। दुवै टिमका लागि आजको खेल ‘डु वा डाई’ जस्तै महत्त्वपूर्ण छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने यो खेल बिहान ११:१५ बजेबाट सुरु हुनेछ।

Navadurga sun

आजै हुने दोस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदै छन्। यस वर्ष उत्कृष्ट प्रदर्शन गरिरहेको सुदूरपश्चिम रोयल्स चार खेलमध्ये चारै खेल जितेर ८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ।

उता, जनकपुर बोल्ट्स भने कमजोर प्रदर्शनका कारण दबाबमा छ। जनकपुरले खेलेका तीनै खेलमा हार बेहोर्दै तालिकाको पुछारमा सीमित भएको छ। दोस्रो खेल कीर्तिपुरमै अपराह्न ३:३० बजेबाट सुरु हुनेछ।

एनपीएलको दोस्रो संस्करण रोमाञ्चक मोडमा पुगेका बेला आजका दुवै खेलले तालिका क्रम र प्लेअफ समीकरणमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...