धनगढी घटनाबारे राष्ट्रिय युवा संघको माफी

धनगढी- प्रदेश युवा जागरण अभियानका क्रममा धनगढीमा बुधबार जेनजी युवासँग भएको विवादबारे राष्ट्रिय युवा संघले माफी मागेको छ।

Ganyapdhura gau
Dadhaldhura pur

बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष विनय शाहले घटनाप्रति आत्मालोचना गर्दै युवालाई भावनामा नबहिकन राजनीतिबाटै समस्या समाधान गर्न आग्रह गरे।

Navadurga sun
Godawari sandesh

शाहले जेनजी युवा र युवा संघका कार्यकर्ताबीच प्रदर्शनको क्रममा धक्का–मुक्का भएको स्वीकार गर्दै एक महिलाले आफै लडेको घाइतेलाई कुटपिट भनेर हल्ला गरिएको दाबी गरे। उनले नेताहरूमा भ्रष्टाचारका समस्या रहेको स्वीकार गर्दै सबै मिलेर भ्रष्टाचारविरुद्ध अभियान चलाउन आह्वान गरे।

सातै प्रदेशमा गरिएको युवा जागरण अभियान सफल भएको संघले दाबी गरेको छ।

Couple
Loading...