धनगढी घटनाको विरोधमा जेन्जी युवाहरूको धनगढी र लम्कीमा प्रदर्शन

धनगढी- धनगढीमा जेन्जी युवामाथि युवा संघ (एमाले भ्रातृ संगठन) का कार्यकर्ताले गरेको भनिएको आक्रमणको विरोधमा जेन्जी समूहका युवाहरूले धनगढी र लम्कीमा बिहीबार फेरि प्रदर्शन गरेका छन्। कुटपिटमा संलग्न व्यक्तिलाई तत्काल कारबाही गर्न माग गर्दै उनीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि प्लेकार्डसहित विरोध प्रदर्शन गरेका थिए।

Ganyapdhura gau
Dadhaldhura pur

बुधबार एमाले नेता महेश बस्नेत धनगढी आउने जानकारी पाएपछि विरोध जनाउन आएका जेन्जी युवामाथि युवा संघका कार्यकर्ताले कुटपिट गरेको आरोप छ। घटनापछि जेन्जी समूहले सोही दिन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएर संलग्न व्यक्तिहरूको पहिचान गरी कारबाही गर्न माग गरेका थिए।

Navadurga sun
Godawari sandesh

प्रदर्शनमा सहभागी जेन्जी समूहका युवा विष्णु खड्काका अनुसार, प्रशासनलाई आवश्यक कदम चाल्न दबाब कायम राख्न आजको प्रदर्शन गरिएको हो। प्रदर्शनपछि उनीहरूले प्रमुख जिल्ला अधिकारी (सिडिओ) हिरालाल रेग्मीलाई भेटेर कुटपिटमा संलग्नहरुलाई पक्राउ गर्ने आश्वासन पाएको बताए।

धनगढी घटनापछि प्रतिक्रिया स्वरूप लम्कीमा पनि बिहीबार दिउँसो जेन्जी युवाहरू सडकमा उत्रिएका थिए। लम्की बजार क्षेत्रमा टायर जलाएर गरिएको विरोध कार्यक्रममा उनीहरूले कुटपिटमा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गर्न माग दोहोर्‍याए।

Couple
Loading...