नदीमा डुबेर एक जनाको मृत्यु

धनगढी- कैलालीको मोहना नदीमा डुबेर एक जनाको मृत्यु भएको छ।

कैलालीको कैलारी गाउँपालिका–६ घर भई धनगढी उपमहानगरपालिका–९ बस्ने ४० वर्षीय राजेश चौधरीको धनगढी उपमहानगरपालिका–९ स्थित मोहना नदीमा माछा मार्ने क्रममा पानीमा डुबेर मृत्यु भएको हो।

Navadurga sun

डुबेर गम्भिर घाईते भएका चौधरीलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...