कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ 

कञ्चनपुर- कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्।

Dadeldhura hospital

जिल्लाको कृष्णपुर नगरपालिका–९ पिपरैया चोकबाट सोही ठाउँ बस्ने २६ वर्षीय सुरज राना पक्राउ परेका हुन्। रानालाई चेकजाँच गर्दा उनको साथबाट ८६० मिलिग्राम खैरोसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो। यस्तै कृष्णपुर नगरपालिका–८ बिछुवा बस्ने २२ वर्षीय समिर बडायकलाई चेकजाँच गर्दा उनको साथबाट २ ग्राम १६० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी पक्राउ गरिएको हो।

Navadurga sun
Godawari sandesh

दुवै जनालाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधवार नियन्त्रणमा लिएको जनाएको छ।

Loading...