धनगढीको ८ नम्बर वडा कार्यालयले अतिक्रमित सडक खाली गर्न निकाल्यो सूचना

धनगढी- धनगढी उपमहानरपालिका वडा नम्बर ८ को कार्यालयले साविक नक्सामा रहेको सडक भोग चलन गरिरहेको पाइएकाले खाली गर्न सावर्जनिक सूचना निकालेको छ।

वडा कार्यालयले मंसिर ७ गते साविक नक्सामा रहेको सडक क्षेत्र खाली गर्न ७ दिने सूचना निकालेको हो। वडा कार्यालयले सडक क्षेत्र भोगचलन गरिरहेका स्थानीय नारद रानालाई सात दिन भित्र सडक खाली गर्न भनेको हो।

Navadurga sun

धनगढी-८ को पाउरोटी फ्याक्ट्रीदेखि नरुवा नालासम्मको सडक अतिक्रमणमा परेको हो। धनगढी गाउँको मुस्कान टोलदेखि घुइयाँघाट जाने पूरानो सडकमा स्थानीयले खेत तथा घर निर्माण गरेका छन्।

भज्जी रानालगायत स्थानीय नारद राना, सूर्यप्रसाद चौधरी, ताराप्रसाद चौधरी, रामदिन राना, देवसिंह राना, पुरन राना, बालकिसन राना, भल्लुदेवी राना, रामसमझ राना, रोना राना, रामदासी थरुनी, प्रेम चौधरी, धनीराम राना, लालसिंह राना, राजाराम राना, प्रसाद राना, फिरङ्गी राना र मानसिंह रानाले पुरानो सडक भोगचलन गरिरहेका छन्।

उनीहरूले नयाँ सडकमा आफूहरूको जग्गा गएकाले पुरानो सडक भोगचलन गरेको बताएका छन्। वडा कार्यालयले भने स्थानीय हरिगोविन्द रानाको निवेदनको आधारमा स्थानीय नारद रानालाई मात्रै सडक खाली गर्न सात दिने सूचना निकालेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...