धनगढी- लागूऔषध मुद्दामा फरार धनगढीका एक जना पक्राउ परेका छन् ।
जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएपछि फरार रहेका धनगढी-७ बस्ने २१ वर्षीय रबी राना पक्राउ परेका हुन् ।

रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ ।
