कैलालीको एक घरमा आगलागी

धनगढी- कैलालीको एक घरमा आगलागी भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका–११ शिबपुर बस्ने शंकर बिकको घरमा कोही नभएको समयमा उनकै ५ वर्षीय भान्जा अभिषेक बिकले लाइटर चलाउने क्रममा घर नजिकै रहेको परालमा आगो लागेर सोही आगो नजिकै रहेको घरमा सल्किएर आइतवार आगलागी भएको हो।

घरमा आगलागी हुँदा घर र घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भँडावर्तन लगायतका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। मानविय तथा चौपाया क्षती नभएको, आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...