नेपाली कम्युनिष्ट पार्टी ताजा जनादेशमा जान तयार छ : डा. रावल

धनगढी- नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीमबहादुर रावलले आफूहरु ताजा जनादेशमा जान तयार रहेको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टीले धनगढीमा आयोजना गरेको पार्टी एकता सन्देश सभा तयारी छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने ‘हामी जनादेशमा जान तयार छौँ । आगामी फागुन २१ गतेको निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी नेपाली जनताको साथ समर्थन लिएर बहुमत ल्याएर स्थापित भएर राज्य चलाउन तयार छ ।’ उनले निर्वाचनका लागि अहिलेको अन्तरिम सरकारले पूर्णरुपमा सुरक्षाको प्रत्याभुति दिलाउनुपर्ने बताए ।

Ganyapdhura gau
Dadhaldhura pur

उनले भने ‘मतदाताले स्वतन्त्र भएर भयरहित वातावरणमा मतदान गर्न पाउनुपर्छ । निर्वाचनको अभियानमा खटिएका नेता कार्यकर्ता,जनताले कसैको त्रास र धम्कीको सामना गर्न नपर्ने सुनिश्चित हुनुपर्छ । हामीले त्यो खोजेका छौँ ।’

Navadurga sun
Godawari sandesh

उनले भने ‘सरकारले फागुन २१ गते निर्वाचनको घोषणा गरेको छ । तर, जेलबाट भागेका कौयौँ कैदीबन्दी बाहिर नै छन् । कयौँ थान गोली,बन्दुक अझै राज्यको नियन्त्रणमा आइसकेको छैन् ।’ उनले देशको अहिलेको बिषम परिस्थितिमा राष्ट्रलाई बचाउनका लागि, नेपाली जनतालाई कष्टबाट जोगाउनका लागि, नेपाली जनताको स्वाधिनता,राष्ट्रको अखण्डताको रक्षाका लागि लाग्नु पर्ने बेला आएको बताए ।

नेपाली कम्युनिष्ट पार्टीले यही मंसिर १२ गते धनगढीमा पार्टी एकता सन्देश सभा गर्ने भएको छ । त्यसैको तयारीका लागि छलफल कार्यक्रम आयोजना गरेको जनाइएको छ ।

Couple
Loading...