बैतडीमा भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ

बैतडी- गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको गस्ती टोलीले पञ्चेश्वर गाउँपालिका–४ महाकाली करिडोर क्षेत्रमा शुक्रबार साँझ ३:३० बजे एक व्यक्तिलाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

Dadeldhura hospital

प्रहरीले उनको साथबाट भरुवा बन्दुक १ थान, बारुद २ डब्बा, ठूला छर्रा ४ वटा, साना छर्रा ३१ वटा, सलाईका ३ बट्टा र १ वटा केप बरामद गरेको जनाएको छ ।

Navadurga sun
Godawari sandesh

पक्राउ पर्ने व्यक्ति पञ्चेश्वर गाउँपालिका–४ बगौरा निवासी गम्भीर बहादुर चन्द भएको प्रहरीको जानकारीमा उल्लेख छ । घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Loading...