

कञ्चनपुर- कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ बनकुरुवा क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका एक व्यक्तिलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ ।



पक्राउ पर्नेमा भिमदत्त नगरपालिका १८ भगतपुर बस्ने २९ वर्षिय अशोक चौधरी रहेका छन् ।


शुक्रबार दिउँसो ३ बजे चेकजाँचका क्रममा प्रहरीले उनको साथबाट ६.९४ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारिएको जनाएको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीले पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान गरिरहेको छ ।





