सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका मागसहित ज्ञापनपत्र मन्त्री पुनलाई बुझाइयो

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका गेटामा रहेको सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका माग सहितको ज्ञापन पत्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई बुझाइएको छ । बिहीबार सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सरोकार तथा समन्वय समितिले शिक्षा मन्त्रीलाई धन्यवाद सहितको ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा विश्वविद्यालय ऐन कार्यान्वयनका लागि पहल गरेकोमा धन्यावाद दिँदै विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार नियुक्तिका साथै अन्य हुने महत्त्वपूर्ण नियुक्तिहरूमा निष्पक्षता अपनाउन माग गरिएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सरोकार तथा समन्वय समितिका संयोजक लोकराज पाण्डे (आगो), सह संयोजक आनन्द प्रसाद भट्ट र सचिव धर्मसिंह कुँवरको हस्ताक्षर रहेको ज्ञापन पत्रमा विश्वविद्यालयमा तत्काल ६ सय शय्याको अस्पताल सञ्चालन गरी यसै वर्ष देखि एमबिबिएस अध्ययन अध्यापन सुरु गर्न माग गरिएको छ।

साथै बाकी विश्वविद्यालय सभा सदस्य तत्काल मनोनीत गरी विश्व विद्यालय सभालाई पूर्णता दिन पनि माग गरिएको छ । विश्वविद्यालयको ऐन अनुसार शिक्षा मन्त्री विश्वविद्यालयको सह कुलपति रहने र उनकै अध्यक्षतामा सभा बस्ने व्यवस्था छ। ज्ञापन पत्र बुझ्दै शिक्षामन्त्री पुनले उपकुलपति, रजिस्ट्रार नियुक्ति प्रक्रियामा रहेकाले अन्य नियुक्तिका पद पनि तत्काल टुङ्गोमा लगाउने बताएको सरोकार तथा समन्वय समितिका संयोजक पाण्डेले बताए ।

ज्ञापन पत्र बुझ्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा पूर्ण क्षमताको अस्पताल सुरू गर्ने बताए अहिले स्वास्थ्य मन्त्रालय मातहत रहेको अस्पताललाई शिक्षा मन्त्रालय मातहत ल्याएर छिट्टै ६ सय शय्याको अस्पताल सञ्चालनमा ल्याइने मन्त्री पुनले बताएका हुन्।

मन्त्री पुनले तत्काल ६ सय शय्याको अस्पताल र यसै वर्ष चिकित्सा शास्त्र अध्यान सञ्चालनसँगै उपकुलपति र रजिस्ट्रि नियुक्त गरिने बताएका छन।

Loading...